‘मेरो छोरालाई अटिजम् छ भनेर कहिल्यै ग्लानी भएन’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘मेरो छोरालाई अटिजम् छ भनेर कहिल्यै ग्लानी भएन’

स्नायुसम्बन्धी समस्याका कारण कतिपय बालबालिकाहरूको विकास सामान्यभन्दा फरक हुने अवस्था अर्थात् अटिजम्‌का कारण कति बाबुआमा चुनौती भोगिरहेका हुन्छन्।

त्यस्ता बच्चालाई कसरी हुर्काउने भन्नेदेखि आफ्नो करिअर र अन्य व्यवहार कसरी सम्हाल्ने भन्नेबारे नेपालमा खासै बहस भएको पाइन्न।

बाल रोग विशेषज्ञ डा.मेरिना श्रेष्ठ भन्छिन्, "अटिजम्‌मा धेरै पाटा जोडिएका हुन्छन्। मुख्यत: धेरैले अटिजम्‌लाई रोग भन्ने गर्छन्, जुन गलत हो। अटिजम्‌को उपचार हुँदैन र यो एक भिन्न खालको अवस्था हो।"

नेपाल सरकारले अटिजम्‌लाई सन् २०२१मा मात्र अशक्तताको रूप भनेर मानेको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ४,८८६ मानिसहरूमा अटिजम् छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी सह प्राध्यापक डा. मेरिना श्रेष्ठ भन्छिन्, “हामीले बुझ्न जरुरी छ कि अटिजम् भएका बच्चाहरूको दिमागले अन्य मानिसहरूको भन्दा फरक तरिकाले काम गर्छ। धेरैले यसलाई रोग भनेर बुझ्ने गरेका छन् जुन गतल हो। यो रोग नभएका कारण यसको उपचार पनि छैन,”।

अटिजम्‌बारे जनचेतना कम भएका कारण त्यस्ता बच्चाहरू हुर्काउनका लागि धेरै आमाहरूले सङ्घर्ष गरिरहेका छन्।

भावना अधिकारी पनि एक त्यस्तै आमा हुन् जसले अटिजम्‌सँग जोडिएका विभिन्न सामाजिक चुनौतीसँग जुझेर आफ्नो बच्चालाई खुसीसाथ हुर्काइरहेकी छन्। उनको सङ्घर्षको कथा सृजना श्रेष्ठले बनाएको यो भिडिओमा हेर्नुहोस्।