ब्रुनाईका 'सुन्दर' राजकुमारको विवाह, १० दिने भव्य समारोह सकियो

ब्रुनाईका राजकुमार अब्दुल मतीनको विवाह

तस्बिर स्रोत, AFP

सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण अनलाइनमा प्रशंसा पाउने गरेका ब्रुनाईका राजकुमार अब्दुल मतीनले विवाह गरेका छन्।

राजकुमारको सर्वसाधारण महिलासँग विवाह भएको हो। उनको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको थियो।

इन्टरनेटमा चर्चित राजकुमारले गत डिसेम्बरमा याङ मुलिआ अनिशा रोस्नासँग विवाह हुन लागेको खुलासा गरेका थिए।

कुनै समय 'एशियाकै सबैभन्दा योग्य वर'को रूपमा चर्चा कमाएका राजकुमारको विवाहको खबरले उनका कैयौँ समर्थकहरू चकित भएका थिए।

उनकी दुलही ब्रुनाईका नेता सुल्तान हसनल बोकिआकी नातिनी हुन्।

उनले फेसन र पर्यटनसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएको बताइएको छ।

ब्रुनाईका राजकुमार अब्दुल मतीनको विवाह

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

स्तान नूरूल इमान दरबारमा भएको वैवाहिक कार्यक्रममा ३२ वर्षका राजकुमार औपचारिक पोसाकमा देखिएका छन्। उनकी २९ वर्षीय दुलहीले सेतो रङ्गको लामो पोसाक र गरगहना लगाएकी छिन्।

विवाहमा ५,००० जना निम्तालुहरू बोलाइएको जनाइएको छ। जसमा साउदी अरब र जोर्डनका राज परिवारका सदस्यहरू साथै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र फिलिपिन्सका नेता फर्डिनान्ड मार्कोस जुनिअर पनि थिए।

राजकुमारको शाही हैसियत

ब्रुनाईका राजकुमार अब्दुल मतीनको विवाह

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

यो जोडी माथिल्लो भाग खुला रहेको रोल्स रोएसमा चढेर आफ्ना शुभेच्छुकहरूलाई हात हल्लाउँदै विवाहित दम्पतीको रूपमा आफ्नो पहिलो सार्वजनिक उपस्थिति देखाएको थियो।

उनीहरूको भव्य टोली राजधानी बन्दुर श्री बगावन हुँदै अघि बढेको थियो।

ब्रुनाईका राजकुमारसँग विवाह गरेकी याङ मुलिआ अनिशा रोस्ना

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

विद्यालयकी एक जना शिक्षिका नोर्लिहा मोहम्मदले राज परिवारको यो दम्पतीलाई देख्ने मौका “जीवनमा एक पटक मात्रै पाइने” दुर्लभ अवसर भएको एएफपी समाचार संस्थासँग बताइन्।

यो सानो तेलको धनी राष्ट्रका स्थानीय टेलिभिजन स्टेसनहरूले बुधवार वैवाहिक कार्यक्रमका केही झलकहरू प्रसारण गरेका थिए।

सबैभन्दा लामो समयसम्म शासन गर्ने विश्वकै एक मात्र सुल्तानका राजकुमार मतीन दशौँ सन्तान हुन्। ब्रुनाईका सुल्तान विश्वमै धनी शासकहरूमध्ये पनि एक हुन्।

राजकुमार मतीनले ब्रुनाईको सिंहासनको उत्तराधिकारी दाबी गर्ने स्थिति छैन। तर इन्स्टाग्राममा दशौँ लाख फलोअर रहेका उनको व्यक्तित्व भने निकै उच्च भएको छ।

राजकुमारले शाही कार्यक्रमहरूमा सहभागिता जनाउँदाका, पोलो खेल्दाका हुन् वा सैन्य पोसाकमा देखिँदाका सम्पादित भिडिओ क्लिपहरू अनलाइनमा व्यापक भेटिन्छन्।

१० दिने समारोह

ब्रुनाईका राजकुमार र याङ मुलिआ अनिशा रोस्ना

तस्बिर स्रोत, INSTAGRAM

ज्यानुअरी ७ मा सुरु भएको वैवाहिक कार्यक्रम आइतवार भव्य समारोहसँगै समापन भएको थियो।

इस्लाम परम्परा बुधवार विवाह भएपछि राजकुमार मतीनको विवाहले औपचारिक मान्यता पाएको थियो। उक्त कार्यक्रममा बिहे गर्ने पक्षबाट राजकुमार र उनका बुबा लगायत पुरुषहरू मात्रै ��पस्थित थिए।

बुधवारका भिडिओहरूमा राजकुमार मतीन उनकी दुलही ल्याउन सुनको गुम्बज भएको मस्जिदमा जाँदै गर्दा राजधानीका सडकमा नागरिकहरू लाइन लागेको देखिन्छ।

राजकुमार मतीनले परम्परागत सेतो पहिरन लगाएका छन् र शिरमा हीराको बुट्टा भएको गहना लगाएका छन्। इमामले आशीर्वाद दिइसकेपछि उनले झुकेर आफ्ना बुबाप्रति आदर देखाएका थिए। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।