नयाँ तस्बिरहरू जसले एशियामा देखाए चिनियाँ जासुसी बलूनहरू

बलून
  • Author, गोर्डन कोरेरा
  • Role, सुरक्षा संवाददाता

बीबीसी पानोरामाले जापान र ताइवानमा भएका उडानहरू सहित चीनको जासुसी बलून कार्यक्रमबारे नयाँ खुलासा गरेको छ।

जापानले आफ्नो भूभागमा बलून उडेको पुष्टि गरेको छ र भविष्यमा त्यसलाई खसाल्न तयार रहेको बताएको छ।

बीबीसीले प्रस्तुत गरेको प्रमाणबारे चीनले अहिलेसम्म प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाएको छैन।

यस वर्षको सुरुवातमा अमेरिकी तटमा एक चिनियाँ ठानिएको जासुसी बलून खसालिएपछि अमेरिका र चीनबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो।

ज्यानुअरीको अन्त्यमा उत्तर-पश्चिम अमेरिकामा देखा परेको बलून मौसम अवलोकनलगायत वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भएको दाबी चीनले गरेको थियो। त्यसलाई एक अनपेक्षित तथा रोचक घटना ठानिएको थियो।

सीआईएका पूर्व पूर्वी एशिया विश्लेषक जोन कल्भरले पानोरामासँग त्यो "एक पटकको घटना नभई कम्तीमा पाँच वर्षदेखिको निरन्तर प्रयास" भएको बताए। उनले चिनियाँ बलूनहरू "विशेषगरी लामो दूरीका उद्देश्य पूरा गर्न बनाइएका" र केहीले "स्पष्ट रू���मा विश्वको परिक्रमा गरेको" बताए।

बलुनको तस्बिर

तस्बिर स्रोत, SYNTHETAIC/PLANET LABS PBC

भूउपग्रहमार्फत कैद ठूलो मात्राको तथ्याङ्क अध्ययन गरेको कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी सिन्थेटिकसँगको सहकार्यमा बीबीसीले पूर्वी एशिया पार गरेका बलूनहरूको थुप्रै तस्बिरहरू प्राप्त गरेको छ।

कम्पनीका संस्थापक कोरी जास्कोल्स्कीले सन् २०२१, सेप्टेम्बरको सुरुमा एउटा बलूनले उत्तरी जापान पार गरेको प्रमाण फेला पारेका थिए। यी तस्बिरहरू पहिले प्रकाशित भएका थिएनन्।

प्राप्त प्रमाणले उक्त बलून मङ्गोलियाको दक्षिणी भागमा पर्ने चीनको भित्री क्षेत्रबाट प्रक्षेपण भएको सङ्केत गर्ने जास्कोल्स्कीको विश्वास छ। बीबीसीले यसको पुष्टि गर्न भने सकेको छैन।

redline
redline

जापान अमेरिकाको निकट सहयोगी हो र त्यहाँ अन्य कुनै पनि देशको तुलनामा धेरै अमेरिकी सेना तैनाथ छन्।

जापान सरकारले "दैनिक जसो स्थितिको अनुगमन गर्न हरेक सावधानी अपनाइरहेको" र "जापानी क्षेत्रमा रहेका मानिसको जीवन र सम्पत्तिको रक्षा गर्नका निम्ति बलूनहरू खसाल्न समेत तयार रहेको" त्यहाँको रक्षा मन्त्रालयका युको मुराकामीले बीबीसीलाई भने।

अमेरिकी विदेश मन्त्रालयले त्यस्ता चिनियाँ बलूनहरू सङ्केतबाट गोप्य सूचना गर्न सक्षम रहेको ठानेको छ।

ताइवानको प्रतिक्रिया के?

अमेरिकी तटमा खसालिएको बलुनको अवशेष

तस्बिर स्रोत, TYLER THOMPSON/US NAVY

चीनले अन्य बलूनहरू प्रक्षेपण गरेको छ कि छैन भनेर बुझ्न पानोरामा टोलीले पहिले सामाजिक सञ्जालहरू तथा आकाशमा यूएफओहरू देखा परेका क्षेत्रका सञ्चारमा प्रकाशित सामग्रीहरू खोजेको थियो।

एआई कम्पनीले सन् २०२१ को सेप्टेम्बर अन्त्यमा राजधानी ताइपेईमा बलून देखिएको स्थितिमा ताइवानको मौसम सम्बन्धी निकायले खिचेका दुई वटा तस्बिरहरू फेला पार्‍यो।

त्यसपछि जास्कोल्स्कीले ती तस्बिरहरूलाई भूउपग्रहबाट कैद तस्बिरसँग तुलना गरे। इमेजरीको साथ क्रस-रेफरेन्स गरे।

"९० सेकेन्ड भित्रै हामीले ताइवानको तटमा बलून फेला पार्‍यौँ," उनी भन्छन्।

जासुसी बलुनहरू देखि गोप्य प्रहरी चौकी र नियम मिच्ने भगौडाहरूसम्म - पानोरामाले चीनले विश्वव्यापी निगरानी गर्न सुरु गरेको कारबाहीबारे अनुसन्धान गरेको छ।

हामीले बेइजिङको जासुसी बलुनहरूको लस्करको बारेमा नयाँ विवरणहरू प्रस्तुत गरेका छौँ र हाम्रो सडकबाट देखिने त्यस्ता उपकरणहरूलाई कसरी पत्ता लगाउन सकिन्छ भनेर देखाउन चिनियाँ निर्मित सुरक्षा क्यामेरा ह्याक गरेका छौँ।

ताइवान सरकारले पानोरामासँग आफ्नो भूभागमा देखिएको उपकरण मौसम अवलोकन गर्ने बलून भएको विश्वास गरिएको जनाएको छ तर जास्कोल्स्की यसमा सहमत छैनन्।

लोकतान्त्रिक ताइवान लामो समयदेखि चीनको निगरानीमा रहेको छ।

गत वर्ष चिनियाँ सेनाले ताइवान पूर्ण स्तरको आक्रमणको पूर्वाभ्यास सुरु गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए।

प्रजातान्त्रिक रूपमा स्वशासित ताइवानलाई चीनले लामो समयदेखि निशाना बनाएको छ। गत वर्ष चिनियाँ सैन्य बलले ताइवान वरिपरि पूर्ण रूपमा अभ्यास सुरु गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि नै चीनले आक्रमण गरेको खण्डमा आफू ताइवानको पक्षमा उभिने बताएका छन्।

बलून पत्ता लगाउन एआईको मद्दत

कोरी जास्कोल्स्की

तस्बिर स्रोत, Corey Jaskolski

तस्बिरको क्याप्शन, कोरी जास्कोल्स्की

कोरी जास्कोल्स्कीले अन्तरिक्षबाट बलून कस्तो देखिन्छ भन्ने कल्पनालाई चित्रमा उतार्दै यो खोज सुरु गरेका थिए। त्यसपछि उनले त्यस खाकालाई त्यस्ता बलून पछिल्लो पटक कहाँ देखिएको हुनसक्छ भन्ने निर्देशनसहित आफ्नो एआई सफ्टवेयरमा राखे।

उनले बलून उड्ने मार्ग र त्यो कहाँबाट प्रक्षेपण गरिएको थियो भन्ने पत्ता लगाउन हावाको शैलीसमेत विश्लेषण गरे।

प्लानेट ल्याब्स नामक कम्पनीले उपलब्ध गराएको भूउपग्रहबाट कैद तस्बिरहरूमाथि काम गर्दै कोरीले सम्पूर्ण जानकारी र्‍यापिड अटोमेटिक इमेन क्याटेगोराइजेसन आरएआईसी नामक सफ्टवेयरमा राखे।

निगरानी गर्ने बलूनहरू थुप्रै बसहरूको समूहजस्तो ठूला आकारका हुन्छन्। तिनले ठूलो मात्रामा लक्षित तथ्याङ्क सङ्कलन गर्न सकिनेगरी उपकरणहरू बोकेका हुन्छन्।

अन्तरिक्षबाट भूउपग्रहको सहायतामा तस्बिर कैद गर्दा ती साना सेता बल्बहरू जस्तै देखिन्छन्।

जास्कोल्स्कीको अनुसन्धानले फेब्रुअरीमा अमेरिकाको भूभागमा उडेको बलून मोन्टाना राज्यको पारमाणविक वायुसेना शिविरबाट करिब १३० किलोमिटर टाढा रहेको देखाएको छ।

लन्डनस्थित चिनियाँ दूतावासले जारी गरेको एक विज्ञप्तिमा अमेरिका आफैँले ठूलो सङ्ख्यामा उच्च स्थानमा बलुनहरू प्रक्षेपण गरेको आरोप लगाएको छ जसले लगातार विश्वको परिक्रमा गरिरहेको छ र अवैध रूपमा चीनको आकाशमा उडेको छ।

त्यसमा भनिएको छ, "चीन एक जिम्मेवार देश हो" जसले सधैँ "अन्तर्राष्ट्रिय कानुनको कडा रूपमा पालना गर्छ र सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ।"

विज्ञप्तिले "चीनलाई बदनाम र आक्रमण गर्ने निराधार आरोपहरू"को खण्डन गरेको छ।